अमेरिका। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार मिचेल फ्लिनले सोमबार राति राजिनामा दिएका छन् ।
ट्रम्पले राष्ट्रपतिको पद सम्हाल्नु अघि नै फ्लिनले रुसी राजदूतसँग अमेरिकाले रुसमाथि लगाएको प्रतिबन्धबारे छलफल गरेको भन्ने खबर आएपछि उनले पद्बाट राजीनामा दिएका हुन् ।
ट्रम्पले गत जनवरीमा राष्ट्रपति पद सम्हालेपछि नियुक्त गरेका मध्ये पदत्याग गर्ने उनीसबैभन्दा उच्च तहको व्यक्ति हुुन् ।
ट्रम्पको चुनावी अभियानका क्रममा उच्च तहको सल्लाहकारको भूमिकामा रहेका सेनाका पूर्वजनरल कैथ केलोङलाई फ्लिनले राजीनामा दिएपछि कार्यबहाक राष्ट्रिय सुरक्षा सल्लाहकार बनाइएको छ ।
डेमोक्रेटिक पार्टिकी वरिष्ठ नेतृ न्यान्सी पलोसीले फ्लिनले अमेरिकी जनतालाई ढाँटेको भन्दै उनलाई पदबाट हटाउन राष्ट्रपति ट्रम्पसँग माग गरेका थिए ।
फ्लिनले आपूmबारे आएका खबरहरुका लागि उपराष्ट्रपति समक्ष माफी मागेका थिए । उनले रुसी राजदूत सेरगेइ किसलियाकसँगको छलफलबारे गलत प्रचार भएको दावी गरेका थिए ।
तर सर्वत्र आलोचना हुनुका साथै राजीनामाको दवाव परेपछि उनले राजीनामा दिएका हुन् ।