नेपाली जनसम्पर्क समिती, अमेरिकाको प्रथम ऐतिहासिक साधारण सभा भर्जिनियामा हुदै

नेपाली जनसम्पर्क समिती, अमेरिकाको प्रथम ऐतिहासिक साधारण सभा भर्जिनियामा हुदै
अमेरिका

नेपाली जनसम्पर्क समिती, अमेरिका, केन्द्रिय समितिको गत अाइतबार बसेको पूर्ण बैठकले संगठनको प्रथम ऐतिहासिक वार्षिक साधारण सभा अमेरिकाको भर्जिनिया राज्यमा गर्ने निर्णय गरेको छ ।

करिब १२ बर्षको संगठनको इतिहासमा प्रथम पटक उक्त संस्थाको प्रथम साधारण सभा आगामी अप्रिल महिनाको २२ तारिख शनिवारका दिन भर्जिनियामा गरिने भएको छ। संस्थाको साधरण सभा भर्जिनिया राज्यको मेट्रो एरियामा गरीने भएकोले केन्द्रिय साधारण सभा सम्पन्न गर्नाका लागि स्थानिय व्यवस्थापनको सम्पुर्ण जिम्मेवारी नेजस, भर्जिनिया च्याप्टरले गर्ने भएको जानकारी संगठनका महासचिव मुनिन्द्र नेम्वाङले दिएका  छन।

संस्थाको विधान र च्याप्टर गाईट लाईनमा देखिएको भनिएको असमझदारी, असहमती र समस्याहरूको अन्त्य गरी एकरूपता ल्याउनका लागि एउटा “विधान तथा च्याप्टर गाईट लाईन” संशोधन एवम मस्यौदा समितिको गठन गर्दै, कानुन विभागका प्रमुख पिताम्बर भुषाललाई संयोजकको जिम्मेवारी दिईएको छ ।

साधरण सभा हुनु भन्दा अगाडि यदि कुनै च्याप्टरहरूको समय अवधि समाप्त हुदैछ भने साधरण सभा हुने मिति सम्मसम्मा अवधि थप्ने र त्यस पछाडिको च्याप्टरको समय अवधि भने साधरण सभाले तय गर्ने निर्णय गरेको छ ।

सबै च्याप्टरहरूको अधिवेशन 2017 को  सेप्टेम्बर भित्र गरीसक्नुपर्ने निर्णय गर्दै, केन्द्रीय अधिवेशन समयमा नै गर्नका लागि साधरणसभा बाट मिति तय गर्ने निर्णय गरेको छ ।

Post Comment