गैर आवासीय नेपाली संघ (एनआरएन) टेक्सस च्याप्टरले नेपालका बाढी पीडितको सहयोगार्थ राहत संकलन सुरु गरेको छ ।
एनआरएन टेक्सस च्याप्टरले आफ्नो तर्फबाट एनआरएन अमेरिकाको राहत कोषमा एकहजार डलर राखेर सहयोग संकलन सुरु गरेको हो । नेपालको तराई क्षेत्रमा गएको बाढीबाट एकसय भन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ ।
अमेरिकामा रहेका बिभिन्न नेपाली संघसंस्थाहरुले बाढी पीडितका लागि सहयोग संकलन तीब्र बनाएका छन् । कहिँकतै पनि दर्ता नभएका, केही व्यक्ति र समूह मिलेर समेत सहयोग संकलन सुरु भएकाले त्यस्ता संस्थाहरुमा दिएको सहयोग दुरुपयोग हुने संभावना पनि रहेको छ ।
दुई वर्ष अघि नेपालमा गएको भुकम्पका समयमा अमेरिकामा जथाभावी सहयोग उठाएर पीडित समक्ष नपठाएर दुरुपयोग गरिएको थियो ।
यसपटक पनि त्यसैगरि केही व्यक्ति तथा समूहले पीडितका दर्दनाक र कारुणीक तस्विर देखाएर सहयोग संकलन सुरु गरिरहेका छन् ।