अमेरिका संसारको सबभन्दा शक्तिशाली देश हो । त्यहाँ नियमकानूनको कडाइका साथ पालना गरिन्छ । फोटोहरूमा त त्यहाँका चम्किला सडक र सफाइ देखेर तपाईंको मन प्रफुल्लित हुँदो हो । तर एकचोटि आफैं गएर नजिकैबाट त्यहाँको प्रमुख शहर न्यूयोर्क हेर्नुस् त, तपाईंको धारणा बदलिनेछ ।
अमेरिकाको सफाइ कम्पनी बिजी बीले गत फेब्रुअरी महिनामा प्रकाशित गरेको प्रतिवेदनअनुसार, न्यूयोर्क अमेरिकाकै सबभन्दा फोहरी शहर हो ।
यस प्रतिवेदनमा कीराफट्यांग्रा र फोहरमैलाको आधारमा अमेरिकाका ४० शहरको सूची बनाइएको छ । त्यसमा न्यूयोर्क पहिलो स्थानमा छ भने दोस्रो स्थानमा रहेको लस एन्जेलस उसभन्दा निकै तल छ ।
बिग एप्पल उपनामबाट चिनिने न्यूयोर्कले ४२७.९ अंक हासिल गरेर पहिलो स्थान प्राप्त गरेको हो भने लस एन्जेलसको अंक ३१७.८ छ ।