जुन अन्तिम साता हुन लागेको नेप्लीज-अमेरिकन कन्भेन्सनको तयारी तीव्र पारिएको छ ।
नेप्लीज-अमेरिकन कन्भेन्सनको तेस्रो संस्करण आगामी जुन २९ तारिखदेखि जुलाई १ तारिखसम्म अमेरिकाको राजधानी वासिंटन डिसीमा गर्न लागिएको हो । सम्मेलनमा नेपालका लागि अमेरिकी राजदूत एलिना बी टेप्लीज, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिंग र काँग्रेसका युवा नेता प्रदीप पौडेल अतिथिका रुपमा सहभागी हुँदैछन् ।
सम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्न बिभिन्न समिति तथा उपसमितिले युद्दस्तरमा तयारीहरु गरिरहेकोआयोजक विश्व सुवेदीले दैनिक नेपाललाई जानकारी दिए ।
एफ वान ग्रुपले आयोजना गरेको यो सम्मेलनमा अमेरिकाका विभिन्न राज्यहरुबाट फुटबल, क्रिकेट, बास्केट बल, भलिवल टिम सहभागी हुँदैछन् ।
यसैगरी, सम्मेलनमा कन्सर्टको पनि आयोजना गरिएको छ भने हरेक दिन डिजे नाइट हुने बताइएको छ । यसैगरी, बालबालिकालाई मनोरञ्जन दिने उद्देश्यले बिभिन्न कार्यक्रमहरु पनि राखिएका छन् ।