कोलोराडोमा आगामी सेप्टेम्बर ५ तारिखमा राष्ट्रिय आविस्कार केन्द्रका अभियान्ता सामाजिक व्यक्तित्व महाविर पुनसंग भेटघाट कार्यक्रम आयोजना गरिएको छ ।
याक एण्ड एति रेष्टुरेष्ट (Westminster, CO) 8659 N Sheridan Blvd, Westminster,कोलोराडोमा हुने उक्त कार्यक्रममा पुनसंग अन्तरक्रिया संगै रात्री भोज समेत हुनेछ ।
कार्यक्रममा सहभागिताको लागी प्रतिव्यक्ति २५ अमेरिकी डलर राखिएको छ ।
वायरलेस प्रविधिद्वारा देशको ग्रामिण क्षेत्रमा सूचना प्रबाह गर्ने लक्ष्य बोकेर नेपाल वायरलेस सञ्जाल परियोजनामार्फत इन्टरनेट संजाल विस्तार गर्न सफल व्यक्तित्व पुनले सन २०१२मा सूचना तथा प्रबिधी मार्फत देश्बिकश्का सम्भावनाहरुको खोज र आविष्कारगर्ने उद्देश्यले मुनाफारहित संस्था राष्ट्रिय आविष्कार केन्द्र्को स्थापना गरे।