ग्वाटेमालाका आठ वर्षीय एक बालकको अमेरिकी सरकारको हिरासतमा मृत्यु भएको आप्रवासन अधिकारीहरूले बताएका छन् ।
टेक्ससका संसद्ले उक्त बालकको नाम फेलिपे अलोन्जो–गोमेज भएको बताएका छन् ।
अमेरिका र मेक्सिकोको सीमामा हिरासतमा लिइएको नाबालकको मृत्यु भएको यही महिनामा दोस्रो घटना हो ।
यसअघि ग्वाटेमालाकी सात वर्षीया जेकलिन काल हिरासतमा लिइएको केही घन्टाभित्रै मृत्यु भएको थियो ।
टेक्ससका सांसद याआक्विन कास्त्रोले बालकको मृत्युमा संसदीय अनुसन्धानको माग गरेका छन् ।
‘आप्रवासी र शरणार्थीहरूलाई मानवीय गरिमा प्रदान गर्ने सुनिश्चितता हामीहरूले गर्नुपर्छ र अमेरिकी सरकारको हिरासतमा लिइएको जोकोहीलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्छ,’ उनले भने ।
हजारौं आप्रवासीहरू मध्य अमेरिकाबाट अमेरिकी सीमामा पुगेका छन् ।
उनीहरू आफ्नो देशमा दमन, गरीबी र हिंसाबाट भागिरहेको बताउँछन् । उनीहरू अमेरिकामा सेटल हुने आशा लिएर बसेका छन्
बालक क्रिसमसको मध्यरातमा मरेको अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकायले जनायो ।
वक्तव्यमा उक्त निकायले आठ वर्षीय बालक सोमवारमा बिरामीको संकेत देखिएको जनायो ।
बालक र उनका पितालाई न्यु मेक्सिकोको आलमोगोर्दोस्थित अस्पताल लगिएको र उनलाई चिसो र ज्वरो लागेको थाहा भयो । उनलाई एमोक्सिसिलिन र इबुप्रोफेन दिइएको र सोमवार दिउँसो छुट्टी दिइएको थियो ।
बान्ता गर्न थालेपछि उनी सोमवार साँझ अस्पताल फर्केका थिए र केही घन्टापछि उनको त्यहीँ निधन भयो ।