ग्रिनकार्ड पाउन नक्कली बिहे गरेपछि क्यालिफोर्निया बस्ने नेपाली युवालाई जेल

ग्रिनकार्ड पाउन नक्कली बिहे गरेपछि क्यालिफोर्निया बस्ने नेपाली युवालाई जेल
अमेरिका

अमेरिकामा स्थायी बसोबास (ग्रिनकार्ड) का लागि नक्कली बिहे गरेको आरोपमा एक नेपाली २ लाख डलर र ५ वर्षको जेल सजाय पाउने भएका छन् । क्यालिफोर्निया निवासी २७ वर्षीय इलोभ श्रेष्ठले गत वर्ष एक जना महिलालाई १३ हजार डलर तिर्ने गरी बिहे गरेको भन्दै अदालतमा मुद्दा दायर भएको छ ।

गत नोभेम्बरमा श्रेष्ठविरुद्ध मुद्धा दायर गरिए पनि गत सातामात्र उनलाई पक्राउ गरिएको हो । ६ महिनाको भिजिट भिसामा सन् २०१५ मा अमेरिका पुगेका श्रेष्ठलाई जनवरी ११ मा सान होजेको अदालतमा पेश गरिएको थियो । उनलाई अहिले ५० हजार डलर धरौटीमा रिहा गरिएको छ ।

श्रेष्ठको अर्को अदालती मुद्धा जनवरी २८ मा हुने जनाइएको छ । होमल्याण्ड सेक्युरिटीको अनुसन्धानबाट गत जुन १ मा २८ वर्षकी मरिना मुसुरो नामकी महिललाले विवाहसम्बनधी वेवसाइटमा रकम तिरेर ग्रिनकार्डका लागि विवाह गर्न चाहने व्यक्ति खोजेको भन्दै विज्ञापन हालेकी थिइन् ।

त्यसपछि श्रेष्ठले जुन १३ मा उनलाई इमेलमार्फत सम्पर्क गरेको र श्रेष्ठले १३ हजार डलर रकम तिर्ने सहमति भएपछि उनीहरुको जुन २५ मा विवाह भएको थियो । अदालती कागजात अनुसार श्रेष्ठले मुसुरोलाई ३ हजार डलर तिरिसकेका छन् ।

मुसुरोले अदालतमा आफ्नो अपराध स्वीकार गरिसकेकी छिन् । श्रेष्ठ यदी दोषी ठहरिएमा ५ वर्षसम्मको जेलसजाय र साढे २ लाख अमेरिकी डलर जरिवाना हुनसक्ने जनाइएको छ । दोषी पाइएका श्रेष्ठ देश निकाला पनि हुन सक्ने प्रावधान छ ।

Post Comment