अमेरिकामा अत्याधिक चिसोका २१ जनाको मृत्यु

अमेरिकामा अत्याधिक चिसोका २१ जनाको मृत्यु
अमेरिका

अमेरिकामा अत्याधिक चिसोका कारण मृत्यु हुनेको संख्या २१ पुगेको छ ।

अमेरिकाको मध्य पश्चिमी क्षेत्रमा दशकौं यताकै चिसोको कारण कम्तिमा २१ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएको छ ।

अमेरिकाको कूल जनसंख्याको एक तिहाई मानिस अहिले माइनस १७ डिग्रीभन्दा कमको तापक्रम भएको क्षेत्रमा छन् । ध्रवीय क्षेत्रबाट चलेको चिसो सिरेटोका कारण समग्रमा २५० मिलियन अमेरिकी प्रभावित भएका छन् ।

अस्पतालहरुमा चिसोका कारण बिरामी भएका वा अंगहरुमा क्षति पुगेकाको उपचार भइरहेको छ । यो साताको अन्त्यसम्ममा औषत तापक्रम केही बढ्ने अनुमान गरिएको छ ।

चिसोको सबैभन्दा ठूलो जोखिममा घरबार विहीन मानिस परेका छन् । उनीहरुका लागि चिसोका कारण प्रभावित भएका सिकागो, ओहायोसहितका शहरमा न्यानो आवास बनाइएको छ ।

कतिपय क्षेत्रको तापक्रम माइनस ४६ डिग्रीसम्म पुगेको छ । चिसोका कारण अधिकांश क्षेत्रमा हिउँ जमेको छ ।

Post Comment