किन लिए अमेरिकी सुरक्षा सल्लाहकारले नेपालको नाम ?

किन लिए अमेरिकी सुरक्षा सल्लाहकारले  नेपालको नाम ?
अमेरिका

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले इरानसँग सम्बन्ध चिसिइरहेका बेला नेपालको नाम पनि जोडेका छन् । पछिल्ले समय इरान र अमेरिकाको सम्बन्ध तनावमा छ ।

विश्वकै शक्तिशाली अमेरिका र आणविक राष्ट्र इरानबीचको यो द्वन्द्वमा नेपालको सोझै सम्बन्ध छैन । तर अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले यो मामिलामा नेपाललाई पनि जोडेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि इरानले युद्ध सुरू गरे ऊ सकिने चेतावनी दिएका छन् ।

बुधबार संयुक्त अरब इमिरेट्सको राजधानी आबुधावीमा बोल्टनले मे महिनाको सुरूमा चार वटा पानीजहाजमा भएको आक्रमण इरानले गरेको दाबी गरे ।

अमेरिकासहित पाँच देशले गत मे १२ मा सी अफ ओमनमा चार वटा पानीजहाजमाथिको आक्रमणको अनुसन्धान गरिरहेका छन् ।

‘वासिङ्टनका कसैलाई पनि आक्रमणमा को जिम्मेवार छ भन्नेमा द्वुविधा छैन,’ बोल्टनले संवाददाताहरूसँग भने, ‘तपाईं यस्तो अरू कसले गर्‍यो होला भन्ने सोच्नुहुन्छ ? कोही नेपालबाट आएर गर्‍यो होला त ?’

मे १२ मा फुजैराह भन्ने ठाउँमा तेल बोकेका चार जहाजमाथि आक्रमण भएको थियो । तीमध्ये दुई साउदी अरेबियाका, एउटा नर्वेको र अर्को युएईको थियो । घटनामा कुनै मानवीय क्षति भने भएको थिएन

Post Comment