‘क्यापिटल वान’ का १० करोड ६० लाख ग्राहकको सूचना चोरी

‘क्यापिटल वान’ का १० करोड ६० लाख ग्राहकको सूचना चोरी
अमेरिका

अमेरिकामा वित्तीय सेवा प्रदान गर्दै आएको अग्रणी फर्म ‘क्यापिटल वान’ को डेटा चोरी भएको छ ।

एक महिला ह्याकरले क्यापिटल १० करोड लाख ६० लाख व्यक्तिको सूचना चोरेकी हुन् । सूचना चोरिएका व्यक्तिमा अधिकांश अमेरिका र क्यानडाका नागरिक रहेका छन् । कथित महिला ह्याकर पेज थोम्प्सनलाई प्रहरीले पक्राउ गरेको छ । ती महिला एउटा अनलाइन फोरममा डाटा चोरी गरिरहेका बेला पक्राउ परेकी हुन् ।

क्यापिटल वानका अनुसार चोरीमा आफ्ना ग्राहकको नाम, ठेगाना तथा फोन नम्बर मात्रै चोरी भएको बताएकोे छ । क्रेडिट कार्डको खाता नम्बर भने ह्याकरले चोर्न नसकेको कम्पनीले जनाएको छ ।

यस घटनालाई बैंकिङ इतिहासकै सबैभन्दा ठूलो सूचना चोरीको घटनाका रुपमा हेरिएको छ । क्यापिटल वान अमेरिकामा सबैभन्दा बढी क्रेडिट कार्ड जारी गर्ने कम्पनी हो । यसले रिटेल बैंक पनि सञ्चालन गर्दै आएको छ ।

कति जना प्रभावित भए ?

सोमबार जारी आफ्नो बयानमा कम्पनीले यस घटनाबाट अमेरिकाका १० करोड र क्यानडाका ६० लाख नागरिक प्रभावित भएको जानकारी दिएको छ । कम्पनीले जनाएअनुसार अमेरिकामा झण्डै डेढ लाख सोसल सेक्युरिटी नम्बर र ८० हजार बैंक खाताका डेटा चोरी भएको छ ।

क्यापिटल वानका क्यानडामा रहेका क्रेडिट कार्ड उपभोक्तासँग सम्बन्धित १० लाख बीमा नम्बर पनि चोरी भएको कम्पनीले जनाएको छ । ह्याकिङ भएको घटना गएको जुलाई १९ मा थाहा भएको हो । नाम, ठेगानाका अलावा ह्याकरले क्रेडिट स्कोर, लिमिट, ब्यालेन्स, पेमेन्ट हिस्ट्रीलगायतका सूचना पनि चोरेको कम्पनीले जनाएको छ । कम्पनीका चेयरपर्सन रिचर्ड फेयरबैंक भन्छन्, ‘यो निकै राम्रो कुरा हो कि अपराधी पक्राउ परेका छन् । तर पनि जे घटना घट्यो त्यो निकै दुःखद रहेको छ ।’

को हुन ह्याकर ?

अमेरिकी जस्टिस डिपार्टमेन्टका अनुसार ह्याकिङ प्रकरणमा गिरफ्तार भएकी महिला पेसाले सफ्टवेर इन्जिनियर हुन् । उनी पहिले सियाटलमा रहेको एउटा टेक्नोलोजी कम्पनीमा काम गर्थिन् ।

३३ वर्षीया पेज थोम्प्सनलाई प्रविधि दुरुपयोग र ठगीको आरोपमा पक्राउ गरिएको हो । उनलाई सियाटलमा रहेको संघीय अदालतमा पेस गरिनेछ । यस प्रकरणमा अगस्ट १ सुनुवाइ हुनेछ ।

यस घटनामा दोषी ठहरिए थोम्प्सनलाई पाँच वर्षको जेल र २ लाख ५० हजार अमेरिकी डलर जरिबाना लगाइनेछ ।

Post Comment