बढी मूल्यमा सामान बिक्री गरेवापत सोमबार चार पसललाई कारवाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नियमित बजार अनुगमनका क्रममा बढी मूल्य लिएको भेटिएपछि का’रवाहीस्वरुप ज’रिवाना गरिएको जनाइएको छ ।
विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार लाखामरी खरीदमूल्य (एमआरपी) भन्दा बढी मूल्य लिएको भेटिएपछि टंगालस्थित भाटभटेनी सुपर मार्केटलाई रु तीन लाख ज’रिवाना गरिएको छ । खरीद मूल्य प्रतिगोटा रु १२० रहेकामा भाटभटेनीले रु २२० लिएको पाएपछि का’रवाही गरिएको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज नै कपनस्थित अमरावती खाद्य भण्डारले बढी मूल्यमा खाद्य सामग्री बिक्री गरेको पाइएपछि रु दुई लाख ज’रिवाना गरिएको छ । भण्डारले आफूले नै महँगोमा सामान खरीद गरेको भने तापनि बिल देखाउन नसकेपछि उक्त भण्डारलाई का’रवाही गरिएको हो ।
त्यस्तै बढी मूल्यमा खाद्यान्न बिक्री गरेवापत कपनमा सञ्चालित एमबिटी खाद्य सप्लायर्सलाई रु एक लाख र जिएन स्टोरलाई रु पचास हजार ज’रिवाना गरिएको छ । ती चार पसललाई आज का’रवाही गर्दा रु छ लाख ५० हजार राजश्व संकलन भएको बताइएको छ । उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम सो ज’रिवाना गरिएको विभागले जनाएको छ ।