अधिकारकर्मी वन्दनाराणा दोस्रो पटक सिइडिएडब्ल्युमा निर्वाचित

अधिकारकर्मी वन्दनाराणा दोस्रो पटक सिइडिएडब्ल्युमा निर्वाचित
अन्तर्राष्ट्रिय समाचार समाचार

संयुक्त राष्ट्रसंघीय महिलाविरुद्धको विभेद निरुपण समिति(सिइडिएडब्ल्यु)मा महिला अधिकारकर्मी वन्दना राणा पुनः निर्वाचित भएकी छिन् । सिइडिएडब्ल्यको अन्तरराष्ट्रिय समितिको वर्तमान कार्यकाल ( सन् २०१७– २०२० )मा राणा उपाध्यक्षका रुपमा कार्यरत रहेकी छिन् । समितिमा निर्वाचित सदस्यमध्येबाट एकएक अध्यक्ष र उपाध्यक्ष चयन गरिने प्रावधान छ ।

नेपालका तर्फबाट दोस्रो कार्यकालका लागि उम्मेदवारी दिइएकामा १३७ मत उनलाई परको थियो । तेइस सदस्यीय समितिका ११ पदमा यस पटक निर्वाचन भएको हो जसमा १९ देशका प्रतिनिधिको उम्मेदवारी परेको थियो । एक सय ८९ देशले मतदान गर्न पाउने समितिमा यस पटक १८८ देशले मतदान गरेका थिए । राणा अब समितिको सन् २०२१ देखि २०२४ सम्मका लागि सदस्यमा निर्वाचित भएकी छिन् । समितिको २१ औंँ बैठकले ११ जनालाई निर्वाचित गरेको हो ।
राष्ट्र संघका लागि नेपालको स्थायी नियोग कार्यालयले जानकारी गराएअनुसार नेपालसँगै नेदरल्याण्ड्स, बहामस, लिथुनिया, घाना, अष्ट्रेलिया, मेक्सिको, लेबनान, फ्रान्स, फिलिपिन्स र चीन निर्वाचित भएका छन् ।

Post Comment