सेल्फीको लागि ४५ मिनेट

मनोरन्जन

selfie

एजेन्सी– सेल्फी नखिच्ने हिजो आज कमै होलान्। युवायुवतीमा सेल्फीको नशा र क्रेज बढ्दै जादाँ एक अध्ययनले युवतीले युवाको तुलनामा सेल्फीकालागि धेरै समय खर्चने देखाएको छ।

मिमर नामक अनलाइनले १६ देखि २५ वर्ष उमेर समूहका करिब २ हजार युवतीमाझ एउटा सर्वेक्षण गरेको थियो। उक्त सर्वेक्षण अनुसार युवतीले सेल्फीकालागि दैनिक ४५ मिनट खर्चने र हप्तामा सरदर ५ घण्टा ३६ मिनेट खर्च गर्ने देखाएको हो।

युवतिले दिनमा ३ वटा सेल्फी लिने अध्यानले देखाएकोछ। जसमा उनीहरुले प्रत्येक सेल्फीकालागि १६ मिनेट खर्च गर्दछन्। अध्ययनले सेल्फी संस्कृतिका रुपमा विकास भएको र यसले मानिसमा आत्मकेन्द्रित बनाएको जनाएको छ।
Selfie

 

अध्ययनमा सहभागी अधिकाशंले फेसबुक, ट्विटर तथा इन्स्ट्राग्राम जस्ता सामाजिक संजालमा पोस्ट गर्न सेल्फी लिने गरेको जनाएका थिए।