खस भाषाको पहिलोे नेपाली चलचित्र ‘पानकली’ एक महिनामा प्रदर्शनमा आउने

मनोरन्जन

खस भाषाको पहिलोे नेपाली कथानक चलचित्र पानकली अबको एक महिनाभित्रै प्रदर्शन हुने भएको छ । नेपाली खस भाषाको जन्मथलो कर्णालीलाई केन्द्र बिन्दु बनाएर निर्माण गरीएको खस भाषाको चलचित्र पानकली अबको एक महिनामा प्रदर्शनमा आउने निर्देशक खगेन्द्र न्यौपानेले जानकारी दिनु भएको हो ।

छायांकन सकीएर एडिट हुँदैछ, अबको एक महिनामा सबै काम सकिन्छ, उहाँले थप्नुभयो । सुदुर तथा मध्यपश्चिमकी महिलाले भोग्नु परेको बाध्यतालाई कथामा उतार्ने प्रयास गरीएकोछ, सायद सो क्षेत्रका आम नागरीहरुको मन मुटुमा यो चलचित्रले बास गर्छ होला कथा लेखक समेत रहेका न्यौपानेले बताउनुभयो । पत्रककार, साहित्यकार, गजलकार, गीतकार कृष्णराज धमाला लाहुरे दर्जी तथा गायीका मनु अधिकारी पानकलीको मुख्य भूमिका रहेको चलचित्र पानकली चलचित्र अबको एक महिना भित्र पर्दामा दर्शकहरुले देख्न पाउने बताईएको छ ।

मध्य तथा सुदुर र कर्णालीकी महिलाले भोग्नु पर्ने बाध्यता, वालविबाह, बहु बिबाह, जातीय छुवाछुत बिरुद्धको शसक्त आवाज चलचित्र पानकली हो, निर्देशक न्यौपानेले थप्नुभयो, नेपाली खस भाषाको उद्भव स्थलमा खस भाषा र त्यही प्राकृतिक सुन्दरताले भरीपूर्ण भूमिमा छायांकन गरीएको चलचित्रले वास्तविकता ओकल्ने आश गरेकोमा जोड दिनुभयो ।

साहित्यकार, गीतकार तथा पत्रकारीतामा लामो समयसम्म क्रियाशील चलचित्रका नायकको भूमिका निर्बाह गरेका कृष्णराज धमाला लाहुरे दर्जीले चलचित्रमा पहिलो पटक भूमिका निर्बाह गर्दा केही अप्ठेरो भएपनि चलचित्र मार्फत दिन खोजेको शन्देशले सबै पीडा बिर्साएको भन्दै सामाजिक बिकृति, बिसंगती अन्त्य गर्ने अभियानमा लामबद्ध हुन पाएकोमा खुशी भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, मैंले के कस्तो भूमिका निर्बाह गरेको छु त्यो त हेरि सकेपछि मात्रै थाहा हुनेछ । चलचित्रमा केही अन्याय गरे पनि समाजका लागि भने पूर्ण न्याय गरेको जिकिर गर्नुभयो । गायिका तथा चलचित्रकी नायिका मनु अधिकारीले एक नारीले जीवनभरी भोग्नु पर्ने पीडालाई आफूले सक्दो उतार गरेको भन्दै हिउँ परीरहेको अबस्थामा पनि छायांकनमा जुट्दा केही पीडा भएपनि यसले दिन खोजेको शन्देशले खुसी बनाएको बताउनुभयो ।

समाज भित्रको वास्तबिकता सामाजीक कुसस्कार, कुरीति र नारी हिंशालाई जीउका तिउ उतारी वास्तबिक नेपाली भाषाको पहिचाका लागि यो चलचित्र निर्माण गरीएको निर्देशक न्यौपानेको दाबी छ । पत्रकार अशोककुमार सिंहले छायांकन गरेको चलचित्र पानकलीको छायांकन सकीएपछि सिने साइट डिजीटलमा पोष्ट प्रोडक्सनको काम तिब्र गतिमा भइरहेको बताईएको छ ।

Post Comment