नाटक ‘एक रुपैयाँ’ मंसिर १७ र १८ गते पोखरामा मञ्चन हुने

मनोरन्जन

पोखरा । गत भदौमा नाटक ‘मौसम हराएको देश’ मञ्चन गरेको पञ्चामृत नाट्य समुहले नाटक ‘एक रुपैयाँ’को मञ्चन गर्ने भएको हो । नाटकको मञ्चन आगामी मंसिर १७ र १८ गते पोखरा उद्योग वाणीज्य संघको हलमा हुँदैछ । नाटक मञ्चनको लागि रिहर्सल सुरु भैसकेको छ ।

कृष्ण उदासीको लेखन तथा निर्देशन रहेको नाटकमा दिल प्रसाद गुरुङ, परिवर्तन, निलम तामाङ, सवु पाठक, सितला अधिकारी, आशिष अधिकारी, रमेश बाबु तिमिल्सिना, विवश बाबु, ममता कार्कीको अभिनय रहने छ । साथमा यो नाटकमा नाटककार उदासी समेत देखिनेछन् ।

1-rupees

नाटकमा सह–निर्देशन विष्णु प्रसाद गौतम, संयोजन परिवर्तन, प्रबन्धक उज्वल रेग्मी, मञ्च व्यवस्थापनको जिम्मा हेमन्त हितेषी, भेषभुषा र श्रृंगार दिपकमान उदास, कोरीयोग्राफिको जिम्मा निलम तामाङले पाएकी छन् ।

पञ्चामृत नाट्य समुहको तेस्रो प्रयासमा यो नाटक पोखरामा मञ्चन गरिन लागेको संयोजक परिवर्तनले जनाए । समुहको पहिलो प्रयासमा गत बैशाखमो पुलिस र प्यास नाटक मञ्चन गरिएको थियो । पञ्चामृत समुहले पोखरामा नाटकघर निर्माण गर्ने जनाएको छ । यो समुहले सडक नाटक समेत देखाउने योजना बनाएको छ ।

Post Comment