१८,मंसिर । नेपाली फिल्म क्षेत्र जहाँ हरेक दिन सुनौला सपना बोकेर नयाँ नयाँ अनुहार हरु भित्रने गर्दछन् । अझ पछिल्लो त्यो क्रम बढेर गएको छ । कयौं यस्ता अनुहार छन् जो लामो समयदेखि लागिपरिहरेका छन् यद्यपि उनिहरुले चर्चा र सफलता अझै पाउन सकिरहेका छैनन् । यस्तै एउटा सुन्दर अनुहारको नाम हो नायिका सुरबिना कार्कि ।
फिल्म झेलि मार्फत डेब्यु गरेकि सुरबिना अझैपनि स्थापित बन्न सकिरहेकि छैनन् । पहिलो फिल्म झेलि असफल भएपनि दोस्रो फिल्म नाईकेको चर्चा संगै सुरबिना पनि चर्चामा आईन् । नाईके पछि पनि सुरबिनाले केहि म्युजिक भिडियो र फिल्महरुमा अभिनय गरिसकेकि छन् जसमध्ये सुश्री र लुकामारी प्रर्दशनमा आईसकेका छन् भने चर्खा उनको रिलिज हुने क्रममा रहेको पछिल्लो फिल्म हो , जुन यति बेला पोष्टप्रोडक्सनमा रहेको छ ।
सुरबिना आर्कषक फिगर , सुन्दर अनुहार र सेक्सी फोटोसुटका कारण चर्चामा आउने गरेकि छन् । केहि समय अघि मात्रै उनले एक अनलाईनलाई गराएको फोटोसुटले पनि चर्चा पाएको थियो ।
तपाईलाई उत्ताउली नायिका भन्छन नि ?
म फिल्ममा जस्तो छैन फिल्म हेररे भन्नु भा होला म उत्ताउली छैन ,मलाई पत्रकारहरुले उत्तौली भन्नुहुन्छ बास्तबमा म निकै सोझी केटी हु ।
फिल्म खेलेपछि प्रपोज कत्तिको आयो ?
खै किन हो किन फिल्ममा आएपछि मलाई प्रपोज कसैले गरेको छैन ।
कोही सग प्रेम सम्बन्ध थियो ? अहिले हुनुहुन्छ कि हुदैन
त्यो बच्चा उमेरमा थियो लाईफको बारेमा थाहै नहुदा त्यस्तो भयो अहिले त म बुझ्ने भैसके मेरो त्यस्तो कोही छैन ।
तपाइको ड्रिम ब्वाई ?
मलाई नायक आर्यन एकदम मन पर्छ ,म उहाँको फ्यान हुं । उहाँको बिबाह भैहाल्यो तर उहाँ जस्तै केटा मेरो ड्रिम ब्वाई हो ।
मन पर्ने नेता ?
मलाई गगन थापा मन पर्छ । युवा नेता हुनुहुन्छ ,उहाँको र हाम्रो सोच मिल्छ ।
बिबाह गर्ने समय भएन ?
अझै पनि आफुलाई बच्चै जस्तो लाग्छ अब ८ बर्ष पछि अलि ठुली हुन्छु अनि बिबाह गर्छु ।
बाबा राजनैतिक पार्टीमा हुनुहुन्छ तपाई चाहिँ कलाकारितामा ?
बाबले मलाई नेता बनाउने सोच्नु भएको थियो । तर मलाई खास राजनिती मन नपर्ने भएकाले हो म सानै देखी कलाकारीतामा रमाउने भएकोले यो क्षेत्रमा आए ।
राम्रो काम गरेको खण्डमा आफू अगाडि बढ्न सक्ने आत्मविश्वास उनमा छ । तर, चलचित्रमा सफल करिअर बनाउन अझै धेरै गर्न बाँकी रहेको उनको वुझाई छ ।