१८,मङ्सिर ।एकसमय सुन्ने गरिन्थ्यो कि नेपाली चलचित्रले ५१ औं दिन हुँदै सय औं दिन मनाएको खबर । तर धेरै बर्ष भयो यो खबर सुन्न नपाएको पनि कि नेपाली चलचित्रले सय औं दिन मनायो भन्ने । तर बर्षौपछि एउटा चलचित्रले यस्तो रेकर्ड बनाउँदै छ, जसले नेपाली चलचित्र इतिहासमै पहिलो पटक सर्वाधिक व्यापार गर्दै सय औं दिन मनाउन सफल भयो । त्यो हो चलचित्र ‘छक्का पन्जा’ । गएको भदौ २४ गतेबाट देशव्यापी प्रदर्शनमा आएको चलचित्र ‘छक्का पन्जा’ ले हिजो शुक्रबारबाट १३ औं हप्ता अर्थात ९१ औं दिनमा आफ्नो प्रदर्शन आरम्भ गरेको छ ।
यो खबर ‘छक्का पन्जा’ निर्माण गरेको टीमलाई मात्र होइन सम्पूर्ण नेपाली चलचित्र क्षेत्रको लागी खुसीको खबर हो । अब चाँडै सय औं दिन मनाउने तयारीमा रहेको चलचित्र ‘छक्का पन्जा’ अहिले पनि काठमाण्डौका गंगा, गोपि र गुण लगायतका सिंगल हलहरुमा प्रदर्शन भइरहेको छ नेपाली चलचित्रको इतिहासमा पहिलो पटक मल्टिप्लेक्समा पनि चलचित्र छक्का पन्जाले सय औँ दिन मनाउने तरखर गरिरहेको छ । अहिले चलचित्र ‘छक्का पन्जा’ काठमाण्डौको विग मुभिज सिटी सेन्टरमा प्रदर्शन भइरहेको छ । प्रदर्शनको सय औं दिनलाई स्मरणीय बनाउनका लागी अहिले निर्माण पक्ष पनि विभिन्न तयारी गरिरहेको छ । आधिकारीक रुपमा चलचित्र ‘छक्का पन्जा’ ले १३ औं हप्तासम्ममा कत्ति कमायो भन्ने जानकारी प्राप्त नभएपनि १५ करोडमाथीको विजनेश भने गरिसकेको छ ।
पहिलो पटक चलचित्र निर्देशनमा उत्रिएकी हास्यकलाकार दीपाश्री निरौलाले निर्देशन गरेको चलचित्र ‘छक्का पन्जा’ मा दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, शिवहरी पौडेल, केदार घिमिरे लगायतका कलाकारको मुख्य भूमिका छ ।