लोकप्रीय सर्जक रमेश श्रेष्ठको गित ‘आहा तिमी’ले आहा भन्ने गरी बजार तताउँदै [गित सहित]

मनोरन्जन

नेपाली लोक तथा दोहोरी गितको क्षेत्र विशेषत काँठे दोहोरीको क्षेत्रमा पछिल्लो समय एकछत्र प्रभुत्व जमाईरहेका कलाकार हुन रमेश श्रेष्ठ । उनको पछिल्लो समयका हरेक गितहरु चर्चित छन र गितहरु पनि तिब्रगतिमा बजारमा आईरहेका छन । उनैको गित ‘आहा तिमि’ ले यतिबेला लोक साँगितिक बजार तताई रहेको छ । चर्चित लेखक महेश नेपालको मनछुने शब्द, रमेश श्रेष्ठको लय र सुजिता आचार्य, प्रदिप सापकोटा र पबित्रा अधिकारीको सुमधुर आवाज रहेको यस गित काव्य म्युजिक सेन्टर मार्फत बजारमा छ । जुन गितलाई गौरब गिरिले एरेन्ज गरेका छन ।

कलाकार रमेश श्रेष्ठ

रमेश श्रेष्ठ भन्छन- ”पछिल्लो समय धेरै नयाँ तथा पुराना कलाकारहरु समेत म संग काम गर्न निकै इच्छुक रहेका छन । नयाँ गितको लागी धेरै अफर पनि आईरहेका छन।” बिचमा केही समय ओझेल परेर साँगितिक क्षेत्रमा पुनरागमन गरेका रमेश श्रेष्ठ सिङ्गो लोक दोहोरी पारखीहरुको मुटुको धड्कन बनेर साङ्गितिक दुनियामा मौलाईरहेका छन । उनी हरेक प्रकारका लय बनाउन माहिर छन । चाहे पुर्वेली लय, काठे लय या पश्चिमे लयनै किन नहोस उनी एकदम मनछुने र हिट हुने खालको गित बनाउने खुबी भएका कलाकार हुन । उनको पछिल्लो समयको सफलताले यहि कुराको प्रमाणीत गर्छ ।

अहिले सम्म उनले पुर्बेली, पश्चिमे र काठे लगायत सबै प्रकारको गीत सिर्जना गरी सकेका छन । धेरै गीत हरुमा आफ्नो स्वर भरि सकेका उनी गित बनाउँदा अरु भन्दा अलि फरकपन दिन सक्नुपर्छ । सँधै एउटै धार चल्दैन । समय अनुसार, दर्शक श्रोताको माग अनुसार चल्न नसके टिक्न निकै गारो छ उनी भन्छन ।

गएको बर्ष बजारमा आएको गीतहरु ‘छुट्यो मायाँजाल’ र ‘बाध्यताले छुट्नु परेको’ गीत दुबै एकदम हिट भए । हालसालै बजारमा आएका गित : आहा तिमीले पनि बजार तताई रहेको छ । परदेशीको पिडा गितको भर्खरै भिडियो बजारमा आएको छ र चर्चाको क्रममा छ । उनका आउनै लागेका गितहरुमा : जोडी ढुकुर, जोर शङ्ख, के भनौ र खै र आखिर कसम रहेका छन । गीत लेखन, गायन र सङ्गीत सबै क्षेत्रमा पोख्त उनी निर्देशनको क्षेत्रमा समेत प्रवेश गरेका छन । उनको सुन्दर साँगितिक भबिष्यको लागि हाम्रो पनि शुभकामना ।

यस्तो छ गित:
[youtube https://www.youtube.com/watch?v=MnglM4yBVJQ]

Post Comment