मोडल सारिका केसीको गायक दिपक धमलासँग विवाह (भिडियोसहित)

मनोरन्जन

काठमाडौं । मोडल सारिका केसी र गायक दिपक धमाला वैवाहिक बन्धनमा बाँधिएका छन् ।
मोडलको दुनियाँमा चर्चा पाइसकेकी केसी र विगत एक वर्षदेखि मिडिया र लोकदोहोरी क्षेत्रमा परिचित धमलाबीच विवाह भएको हो ।
तर, उनीहरुको वैवाहिक सम्बन्ध एक म्यूजिक भिडियोमा अभिनय गर्ने क्रममा भएको हो ।
गीतको प्रहारले रातारात चर्चाको शिखरमा पुगेका धमलाको सांगीतिक कोसेली बजारमा आएको छ ।
भर्खरै छायांकन गरेको नयाँ गीत ‘पुरानो माया’ मा धमलाको आफ्नै स्वर रहेको छ भने आफैंले मोडलिङ पनि गरेका हुन् ।
उनी भन्छन्, ‘लामो समयसम्म संगीतको क्षेत्रमा संघर्ष गरे, धैर्यको फल मिठो हुन्छ, त्यो फलको स्वाद चाख्न अझैं पनि संघर्ष गर्दैछु ।’
अबका दिनमा दर्शकमाझ लोकदोहोरी क्षेत्रमा आफ्नो प्रस्तुती मार्मिक, समसामयिक र आफ्नै मौलिक परम्परा झल्किने खालका गीति संग्रहहरु बजारमा ल्याउने आफ्नो उद्देश्य रहेको उनले बताए ।
पुरानो माया एउटा समसामयिक र मार्मिक गीत हो ।

Post Comment