बलिउडमा प्रवेश गर्न थुप्रै नेपाली कलाकारहरुले संघर्ष गर्ने गरेका छन् । धेरैको सपना बन्ने गरेको छ बलिउड । निखिल उप्रेति , उषा पौडेललगाएतका कलाकारहरुले पनि बलिउड प्रवेशका लागि संर्घष गरेका थिए । तर यि दुबैले त्यति स्थान पाउन सकेनन् । भारतमा पछिल्लो समय बलिउडलाई चुनौति दिदै तामिल फिल्महरुले स्थान बनाउन लागेका छन् । उत्कृष्ठ मेकिंग साथै कथा बस्तुले तामिल फिल्म प्रति दर्शकहरुको मोह निकै बढेको छ ।
बलिउड बाहके पनि भारतमा निकै बलिया मानिएका भोजपुरी र तामिल फिल्म प्रति पनि नेपाली कलाकारको मोह बढ्दो छ । भोजपुरी फिल्ममा लामो समय देखि काम गरिरहेका नायक बिराज भट्टले एक समय राम्रो स्थान बनाएका थिए । अहिले बिराज त्यति चर्चा छैनन् ।
यस्तै यति बेला अर्को बलियो मानिएको तामिल फिल्म ईन्डस्ट्रिमा संर्घषका लागि नायिक सुजना ढकाल चेन्नई पुगेकि छिन् । सुजनाले नेपालमा थुप्रै फिल्म साथै म्युजिक भिडियोमा अभिनय गरिसकेकि छन् । फोटोसुट पछि तामिल फिल्म यात्रा सहज बन्ने सुजनाको अनुमान रहेको छ ।
तामिल चर्चित फोटोग्राफर भिएस आनन्दकृष्णाले आज सुजनाको फोटोसुट गरिहरेका छन् ।
हाल फोटोससुटका लागि चेन्नई पुगेकि सुजनाको यात्रा कहाँ सम्म पुग्छ त्यो हेर्न बाँकी नै छ ।