[youtube https://www.youtube.com/watch?v=lI2I7kqCO-Y]
सानै देखी गित गाउन असाध्यै रहर गर्थीन गायिका गोमा कटुवाल । तर गित गाउँछु भन्दा समाजका ठूलो मान्छे भनाउँदा हरुले वचन लगाए यस्तो स्वर हुनेले नि गित गाउन सक्छन भनेर । उनलाई सार्है चित्त दुख्यो, ईख लाग्यो । त्यसपछी जसरी पनि गाउँछु र गायिका बन्छु भनेर उनी यो क्षेत्रमा लागीन । मीठो आवाजकी धनी गायिका कटुवालले धेरैवटा गितहरुमा आफ्नो आवाज दिईसकेकी छिन ।
अचेल गित गाउनमा ब्यस्त उनी भोजपुर जिल्ला बैकुन्ठेमा जन्मिएकी हुन । भोजपुरमा बसेर गित संगितको सपना पूरा गर्न सम्भव थिएन त्यसैले उनि आफ्नो सपना बोकेर काठमाण्डु आइन । राजधानीमा पनि सजिलो त थिएन तर पनि हिम्मत हारिनन प्रयास जारी राखीन । एकदिन उनको चिनजान अहिलेका लोक गीतमा चलेका ब्यक्ती रामशरण आले सङ्ग हुन पुग्यो । रामशरण आलेले उनलाई सङ्गीत क्षेत्रमा लाग्ने बाटो देखाइ दिए । उनले आफ्नो प्रथम सङ्गीतिक कोसेली रामशरण आले लगायत साथीहरु सङ्ग मिलेर बजारमा लिएर आइन । त्यसपछी अहिले सम्म उनले गाएका २० वटाको हाराहारीमा गित बजारमा छन ।
हालसालै उनको नयाँ गित बजारमा आएको छ। गित हो बबर थापा र भगवती श्रेष्ठको प्रस्तुती रहेको गित रुँदै रुँदै भयौ परदेशी । जसमा आवाज गोमा कटुवालको र असिम कुमार कटुवालको रहेको छ भने लय भगवती श्रेष्ठ र उनै गोमा कटुवालको रहेको छ । यस गितमा शब्द भने बबर थापा र असिम कुमार कटुवालको रहेको छ । जुन गितलाई छहारी म्युजिकले बजार ब्यवस्थापन गरेको छ भने खमेश श्रेष्ठले भिडियो निर्देशन, सागर गौतमको छायाँकन रहेको छ।