शेर्पा किदुग अमेरिकाले वार्षिक रुपमा आयोजना गरिने ल्होसार साँस्कृतिक कार्यक्रम ल्होसार भब्यताका साथ सम्पन्न भएको छ ।
म्यान्हटनको अर्मनियन चर्चमा गत मार्च ३ मा प्रमुख अतिथी महाबणिज्यदूत मधु मरासिनीको प्रमुख आतिथ्य र शेर्पा किदुग अमेरिकाका अध्यक्ष उर्गेन शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा न्युयोर्क सिटी मेयरको अफिसका क्विन्स बोरो कम्युनिटी डाइरेक्टर निक गुलता लाययत नेपाली संघ संस्थाका प्रमुख एबम प्रतिनिधिहरूको उपस्थिती रहेको थियो ।
बालबालिकाहरुले बुद्ध पार्थनाको साथै नेपाली र अमेरिकी राष्ट्रगानबाट शुभाराम्भ गरिएको कार्यक्रममा प्रमुख अतिथी महावाणिज्यदूत मधु मरासिनी र प्रमुख धर्म गुरु उर्गेन टुल्कुज्युले संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरेका थिए । कार्यक्रममा लोसार प्रेमीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा क्विन्स बोरो कम्युनिटीका डाइरेक्टर निक गुलताले न्यूयोर्क सिटीका मेयर बिल दि ब्लासियोले पठाएको शुभकामना सन्देश पढेर सुनाएका थिए ।
मेयरले पठाएको उक्त लोसार शुभकामना सन्देशमा शेर्पा समुदायको ठूलो संख्या न्युयोर्कमा रहेकोमा गर्ब गर्दै शेर्पा किदुगले गरेको बिभिन्न रचनात्मक कार्यहरुको प्रशंसा गरेको छ ।
प्रमुख अतिथी महाबाणिज्यदुत मधु मरासिनीले नेपालका गौरब बुद्धका अनुयायी शेर्पाहरुको पहिचन सगरमाथा अटल र अमर रहेको र नेपाल चिनाउनमा शेर्पाहरुको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै शेर्पा किदुगले शेर्पाहरुको धर्म संस्कृतिको संरक्षण र सन्दर्भको लागि मात्र नभएर समग्र नेपाली भाषा, कला र संस्कृतिको संरक्षण र बिकासमा महत्वपूर्ण भूमिका निभाएको कुरा उद्रित गर्दै अमेरिकी डायस्पोरा नेपाली समुदायको हितमा गरेको कार्यको खुलेर प्रशंसा गरे ।
किदुगका उपध्याक्ष श्रीमती डोल्मा शेर्पाले स्वागत मन्तब्य र अध्यक्ष उर्गेन शेर्पाले धन्यवाद मन्तब्य प्रकाट गरेका थिए । उदघोषिका डोमा शेर्पाद्वारा सन्चालित दोश्रो चरणको बिबिध सँगालो सहितको साँस्कृतिक कार्यक्रममा शेर्पा, नेपाली, हिन्दी, अङग्रेजी र टिबेटेन भाषाका संगीत तथा नृत्यहरुले सबैलाई मनोरंजन दिलाएका थिए भने र डिजे कार्यक्रमले सबैलाई नाचएका थिए ।