महेश नेपाल, काठ्माण्डौ । बिल्कुलै नौलो मार्मीक लोक दोहोरी गित ‘एक्लो जीवन’ बुधबार युटुब मार्फत सार्वजनिक भएको छ ।लोकप्रीय गायिका गिता देबी र बिष्णु तामाङको सुमधुर आवाजमा सजिएको यस गितमा भुवन कटुवालको शब्द र हिमाल खड्काको लय रहेको छ ।
काभ्रे संगम म्युजिक प्राली मार्फत बजारमा आएको यस गितको म्युजिक भिडियोमा अहिलेका चर्चीत मोडल बिमल अधिकारी, साया भण्डारी, अमृता बन्जरा र समीर थोकरको जोडदार अभिनय देख्न सकिन्छ । गितको म्युजिक भिडियोको निर्देशन समीर थोकरले गरेका हुन भने सागर गौतमको छायांकन र प्रकाश एसकेको सम्पादनमा भिडियो तयार भएको हो ।