युएस नेपाल न्युज, मलेसिया । शनिबार मलेसियाको क्वालालम्पुर स्थित होटेल ग्राण्ड कन्टिनेन्टलमा सम्पन्न तेश्रो नेपाल टेलिकम नेपाली म्युजिक भिडियो अवार्ड 2018 मा गायिका गितादेबीलाई उच्च सम्मानका साथ जुरी अवार्ड प्रदान गरिएको छ । विभिन्न ३१ बिधामा अवार्ड बितरण गरिएको थियो ।
गायिका गिता देबीले यो अवार्ड पाउनुको श्रेय आम दर्शक श्रोतालाई दिएकी छीन । उनले भनिन:-‘मेरो हरेक प्रयासलाई मन मुटुदेखी मनपराईदिनुहुने र मायाँ गर्नुहुने आम दर्शक श्रोता र अवार्डको योग्य ठहर्याई अवार्ड प्रदान गर्नुहुने आयोजक संस्था महान हुनुहुन्छ । गितादेबीले लगभग चार हजारको हाराहारीमा गित गाइसकेकी छिन । उनका अधिकाँस गित हिट छन । अवार्डको लागि गितादेबीको एकल गायनमा रहेको पुर्वेली मारुनी भाकामा रहेको ‘नानीबनी’गित टप फाईबमा परेको थियो । गायिका गितादेबीको साँगितिक भबिष्य अझै उज्जवल बनोस हाम्रो पनि लाखौ लाख शुभकामना ।