डिसीमा हुने तेश्रो नेप्लिज अमेरिकन कन्भेन्सन (न्याक) को लागि कन्दरा ब्याण्ड अमेरिका आईपुगेको छ ।
सबै कलाकारले एक दर्जनभन्दा ज्यादा गीत गाउने लक्ष्य सहित आएका बताएका छन् । उनीहरूले डिसी क्षेत्रका सबैलाई जुन २९ तारिख शनिबार साँझ हुने कार्यक्रममा उपस्थिति जनाई प्रोत्साहन गर्न समेत आग्रह गरेका छन् ।
उनीहरूले हामीलाई मन पराउने र दर्शकलाई भरपुर मनोरंजन दिलाउने बताउदै हौसला चाहिएको बताए ।