हिन्दु महिलाहरुको महान पर्व तिज नजिकिदैं जाँदा नेपाली साँगितिक क्षेत्रमा छुट्टै स्थान बनाइसकेकी मन्जिता केसीलाई समेत तिजको रन्कोले छोएको छ ।
हालै सार्वजनिक भएको तिजको रन्को बोलको गितमा मन्जिता छमछमी नाचेकी छन् । उनलाई प्रेम खड्काले साथ दिएका छन् ।
सुरज लामिछाने , गरिमा बिरही , रजनी थापा र प्रेमा रानाको स्वरमा रहेको उक्त गितलाई मदन खड्काले निर्देशन गरेका हुन् ।
गितमा दिनेश क्षेत्रीको शब्द र सुरज लामिछानेको संगित रहेको छ ।
नेपाली सांगितिक क्षेत्रमा सफल मन्जिता नेपाली फिल्म क्षेत्रमा सम्भावना बोकेकी अनुहार हुन् । उनले थुप्रै अवार्डहरु समेत जितिसकेकी छन् ।
[youtube https://www.youtube.com/watch?v=ZI6-GZpKCso]