गायिका ज्योति मगरमाथि चितवनको नारायणगढमा एक जनाले यौन दुर्व्यवहार को प्रयास गरेका छन् ।
नवलपरासीको गैंडाकोटमा भएको एकादशी मेला कार्यक्रममा प्रस्तुती सकेर आफु बस्ने नारायणगढको होटलमा उनलाई आयोजक मध्येका प्रितम थापाले दुर्व्यवहार गरेका हुन् ।
[youtube https://www.youtube.com/watch?v=Sh9I7CIOs4g]
दुर्व्यवहारको उजुरी लिएर गायिका मगर वडा प्रहरी कार्यालय चितवन पुगेकी थिइन् । केही महिला अधिकारकर्मीसहित प्रहरी कार्यालय पुगेकी ज्योतिसँग थापाले माफी मागेका थिए ।
मदिरा सेवन गरी थापाले मगरलाई दुर्व्यवहार गर्ने क्रममा होटल सञ्चालकसहितले पनि रोक्न सकेका थिएनन् ।