महेश नेपाल, काठ्माण्डौ । यतीबेला सन्तोष परियारको लोक दोहोरी गीत ‘पल्लो गाउँकि ठूली’ डिजिटल बजारमा चर्चामा छ । ठटेउली पारामा तयार भएको यस गितमा देशको प्राकृतिक सम्पदा र माया पिरतीका कुरा निकै चाखलाग्दो पारामा प्रस्तुते गरिएको छ ।
लोकप्रीय गायिका गितादेवी र सन्तोष परियारको मीठो गायकी यस गितमा सुन्न सकिन्छ । बिष्णु तामाङको संगित संयोजन र सन्तोष परीयार स्वयंको लय शब्दमा तयार भएको यस गित मिलन फिल्मस प्रा.लिको आधीकारीक युटुब च्यानल मार्फत हेर्न सकिन्छ ।
मिलन श्रेष्ठको निर्देशन, मरुभुमी नारायणको छायाँकन र रोशन धितालको सम्पादनमा तयार भएको यश गितको म्युजिक भिडियोमा एलिना रायमाझी, सुदर्शन खतिवडा, सन्तोष परियार र गिता देविको जिवन्त अभिनय देख्न सकिन्छ । भिडियोलाई मरुभुमी नारायणले छायांकन गरेका हुन् ।
हेर्नुहोस भिडियो:
[youtube https://www.youtube.com/watch?v=O8vTByLSbyw]