पेरिस, २९ पुस । फ्रान्समा इस्लामी आक्रमणका पीडितहरुको अन्त्येष्टि मङ्गलबार आरम्भ भएको छ भने चार्ली हेब्दो साप्ताहिकले आफ्ना कर्मचारीको आमहत्यापछि प्रथम पृष्ठमा ‘‘सबैलाई माफ गरिएको’’ भन्ने ब्यानरका साथ पत्रिका प्रकाशन गरेको छ ।
चार्ली हेब्दो आक्रमणको समयमा अभिव्यक्तिको स्वतन्त्रताको सङ्केतको रुपमा देखिएको छ भने यसले सामान्यतया ६० हजार प्रति प्रकाशन गरिरहेको अवस्थामा यस संस्करणको ३० लाख प्रति छाप्ने तयारी गरेको छ ।
यो पत्रिका १६ भाषामा प्रकाशन हुनेछ र २५ मुलुकमा बिक्री हुनेछ ।
फ्रान्स युरोपको सबैभन्दा अधिक मुसलमान तथा यहुदी जनसङ्ख्या भएको मुलुक हो र उक्त आक्रमणले यसको जग हल्लाएको छ । उक्त घटनाको विरोधमा मुलुकभर आइतबार करिब चालीस लाख जनता सडकमा भेला भएका थिए । पेरिसका सडकमा मात्र १५ लाख जनता भेला भएका थिए ।
इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु कोसेर विशाल बजारमा मारिएका २२ वर्षीय योआभ हात्ताब, ४५ वर्षीय फिलिप ब्राहाम, २३ वर्षीय योहान कोहेन तथा ६४ वर्षीय फ्राँस्वा मिसेल सादाको अन्त्येष्टिमा सहभागी हुनुभएको छ ।
स्रोत: रासस