काठमाण्डौ – गायिका गितादेबि र सन्तोष गिरीको पछिल्लो प्रस्तुति “चुरोट सल्काउने सलाई” बोलको गीत टिकटक, फेसबुक, युटुब लगायत समग्र डिजिटल बजारमा चर्चा बटुल्न सफल भएको पाईएको छ । सर्जक महेश नेपालको उत्कृष्ट शब्द र कृष्ण दाहालको उत्कृष्ट लय सृजनामा गित तयार भएको हो ।
यस गीतको म्युजिक भिडियोमा प्रकाश तामाङ्ग र अनु पराजुलीको आकर्षक अभिनय सहितको नृत्य देख्न सकिन्छ । मिलन श्रेष्ठको निर्देशन, मुकेश हुमागाईंको छायांकन र रोशन धितालको सम्पादनमा भिडियो तयार भएको हो । गीतको अडियो तथा भिडियोलाई मिलन फिलिम्स प्रालिले सार्वजनिक गरेको हो ।
टिकटक, फेसबुक जताततै सन्तोष र गिताको “चुरोट सल्काउने सलाई”
