काठमाडौँ, ८ पुस । ‘सन्त नेता’ कृष्णप्रसाद भट्टराईको जीवनलाई विविध कोणबाट हेर्ने प्रयासस्वरुप ‘सन्तको स्वास्थ्य, रङमा किसुनजी र तस्बिरमा किसुनजी’ शीर्षकमार्फत उहाँका अनुयायीले व्याख्या गरेका छन् ।
भट्टराईको ९१ आँै जन्मोत्सवका अवसरमा ललितकला प्रज्ञा– प्रतिष्ठान(नाफा) र सन्त नेता कृष्णप्रसाद भट्टराई प्रतिष्ठानद्वारा आज नक्साल बालमन्दिरमा आयोजित कार्यक्रममा बहुदलीय व्यवस्था ल्याउने आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गर्ने उदार नेतालाई विविध पाटाबाट व्याख्या गरिएको हो । प्रधानमन्त्री सुशील कोइरालाले २०४७ सालको संविधानलाई जारी गर्न किसुनजीले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको स्मरण गर्दै सहमति, सहकार्य, एकता र मेलमिलापबाटै वर्तमान राजनीतिक अप्ठ्यारोको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।
सहमति नै सबैभन्दा ठूलो कुरा हो भन्ने किसुनजीको प्रेरणालाई आत्मसात् गरेर संविधान जारी गर्न सके उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने उल्लेख गर्दै उहाँले भन्नुभयो, “जनतासँग गरिएको प्रतिबद्धताअनुसार संविधान जारी गर्न हामी निरन्तर वर्तामा छौँ, चार पार्टीबीचको वार्ताबाट सकारात्मक नतिजा आउनेछ ।”नेपालमै बसेर सत्याग्रहमार्फत प्रजातन्त्र ल्याउन सकिन्छ भन्ने यथार्थ चरितार्थ गर्नुभएका किसुनजीको राष्ट्रवादी एवम् प्रजातन्त्रप्रतिको निष्ठालाई सबैले ध्यान दिएर संविधान लेखनलाई निष्कर्षमा पु¥याउनुपर्नेमा प्रधानमन्त्री कोइरालाको जोड थियो ।
नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले किसुनजीलाई सुन्दरीजल कारागारबाट नक्खु जेलमा ल्याइएपछि आफूसँग चिनजान भएको स्मरण गर्दै अत्यन्त हँसिलो स्वाभावका उहाँ कहिल्यै अरुप्रति इष्र्या नगर्ने व्यक्तित्व भएको बतानुभयो ।हर आकर्षण भएका नेता किसुनजीको शान्त स्वाभाव र कुशल नेतृत्त्वलाई अनुसरण गर्न नसक्नु उहाँका अनुयायीको कमजोरी भएको धारणा राख्दै उहाँले एक वर्षमा संविधान जारी गर्न सकेको तर पछिल्लो समयमा दुई पटकको संविधानसभाले पनि हालसम्म संविधान जारी गर्न नसकेको बताउनुभयो ।
उपप्रधानमन्त्री प्रकाशमान सिंह, काँग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसी एवम् अन्य नेताको उपस्थिति रहेको सो कार्यक्रममा ‘रङमा किसुनजी, तस्बिरमा किसुनजी र सन्तको स्वास्थ्य’ चित्रण गरिएको थियो ।दुईदिने प्रदर्शनीमा कलाकार अनिल श्रेष्ठ, विवेक मुकारुङ, एरिना ताम्राकार, लालकाजी गुरुङ, उमेश श्रेष्ठ, रमेश श्रेष्ठ, धनबहादुर याख्या, सुष्मा राजभण्डारी, विनोद भण्डारीलगायतले किसुनजीमाथि तयार पारेका चित्र र फोटो पत्रकार मीनरत्न वज्राचार्यले खिंचेका किसुनजीका ऐतिहासिक तस्बिर प्रदर्शनीमा राखिएका छन् ।
त्यसैगरी किसुनजीको स्वास्थ्य परीक्षणमा संलग्न डा सुशील कोइराला, डा ऋषिकुमार काफ्ले र डा भरत रावतले स्वास्थ्यप्रति सदा सचेत किसुजीलाई परीक्षणका समयमा साधारण नागरिकलाई उपचार गरे जस्तै अनुभव आफूहरूलाई भएको बताउनुभयो ।उहाँहरूले चिन्ता नलिने र सबैलाई विश्वास गर्ने स्वभावका नेता किसुनजीजस्तै मन सफा गरेर संविधानको लेखनमा लागेमा संविधान समयमै समममै जारी गर्न सकिने धारणा राख्नुभयो । भट्टराई प्रतिष्ठानका अध्यक्ष पिएल सिंहले अनुशासन र नीतिद्वारा चल्ने किसुनजीको स्वभाव सबैले अनुसरण गर्नुपर्नेमा जोड दिनुभयो । रासस