शैक्षिक सहकार्यका लागि रु पाँच करोड ८८ लाखको सहयोग

सोमबार , साउन २३, २०७९
भर्खरै

काठमाडौँ, २८ माघ । काठमाडौँ विश्वविद्यालय र दक्षिण कोरियाको चोनबुक राष्ट्रिय विश्वविद्यालयले नेपालमा आधुनिक प्राङ्गरिक खेतीको अध्यापन गराउन आज शैक्षिक सहकार्य गरेका छन् ।

सहकार्यको उद्देश्य यसै वर्षबाट स्नातकोत्तर तहको पठनपाठन सुरु गरी दक्ष जनशक्ति उत्पादन गर्ने रहको छ । यहाँ आज आयोजित कार्यक्रममा नेपालका लागि कोरियाका राजदूत चो योङ जिनले नेपालको हावापानी तथा जैविक विविधताका कारण प्राङ्गारिक खेतीको राम्रो सम्भावना रहेको हुँदा जनशक्ति अभिवृद्धि गर्ने बताउनुुभयो । उहाँले सहकार्यले दुबै देशको शैक्षिक तथा मैत्री सम्बन्धलाई जनस्तरमा पु¥याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

काठमाडौँ विश्वविद्यालयका रजिष्टार भोला थापाले सो विश्वविद्यालयमा विद्यार्थी तथा समयको मागअनुसार नविनत्तम विषयको अध्यापन गराउने नीति अनुसार कोरियाको शैक्षिक संस्थासँग सहकार्य भएको बताउनुभयो । चोनबुक राष्ट्रिय विश्वविद्यालयका प्राध्यापक बायुङ टेक ओहले परियोजनाकाबारेमा जानकारी दिँदै सो विषयका लागि आवश्यक पर्ने प्रयोगशाला तथा प्रविधि उपलब्ध गराइने बताउनुभयो । परियोजना अन्तर्गत कोरिया अन्तर्राष्ट्रिय सहयोग समितिमार्फत रु पाँच करोड ८८ लाखको सहयोग उपलब्ध गराइने बताइएको छ । रासस (तस्बीर उपलब्ध छ)

Post Comment