विराटनगर, ३ जेठ । मोरङको गोविन्दपुर गाविसस्थित एक किराना पसलबाट आज दिउँसो प्रतिबन्धित औषधी कोरेक्स बरामद भएको छ ।
सो गाविसको खुनियाबारीकी किराना पसल सञ्चालिका रेखाकुमार रहमानी (शर्मा)को पसलबाट १५ वटा कोरेक्सको बोतल बरामद भएको इलाका प्रहरी कार्यालय, रङ्गेलीले जनाएको छ । रहमानीलाई प्रहरीले पक्राउ गरेको छ । रासस