टर्कीद्वारा अमेरिकालाई सम्बन्ध नबिगार्न आग्रह

समाचार

अंकरा , साउन २५ गते । टर्कीले अमेरिकासँग रहँदे आएको सम्बन्धलाई धार्मिक नेता फेतुल्लाह गुलेनको पक्षमा लागेर नविगार्न मङ्गलबार आग्रह गरेको छ ।

Turkey_USA_flagइस्लाम ३२ जना धर्मगुरु गुलेनले टर्कीमा आफ्नो जीवन असुरक्षित महसुस गर्दे अमेरिकाको स्वघोषित निर्वासन रहँदै आउनुभएको छ । टर्कीमा जुलाई १५ मा भएको असफल सैन्य विद्रोह प्रयासमा गुलेनको हात रहेको टर्कीको दावी छ ।

टर्कीले यसै आरोपमा गुलेनमाथि पक्राउ आदेश जारीगरेको छ । गलेन र उनका समर्थकले आफ्नो संगठन शान्तिमा विश्वास गर्ने भएकाले आक्रमणमा उक्त समूहको हात नरहेको बताउँदै आएको छ ।

टर्कीको राष्ट्रपति रेसेप तेयप एडोगानको सरकारले अमेरिकाले यदी गुलेनलाई अन्तरराष्ट्रिय कानुन अनुसार पक्राउ गरी टर्कीलाई नबुझाएमा टर्कीसँगको सम्बन्धमा सुमधुर कायम रहनु नसक्ने बताएको छ ।

न्यायमन्त्री बेकिर बोजरडागले पक्रकारसँगको कुराकानीमा बताउनुभयो । अमेरिकाले धार्मिक नेता गुलेनलाई पक्राउ गरी टर्कीलाई बुझाउनुपर्ने छ । यदी त्यसो भएन भने दुई देशबीचको सम्बन्धमा समस्या आउन सक्छ, मन्त्री बोजडागले थप्नुभयो ।

जुलाई १५ पछिको दिनमा टर्कीले वासिङ्टनलाई बुझाएर उहाँमाथि टर्कीको अदालतमा मुद्दा चलाउन सहयोग गर्न लागतार दावाव दिँदै आएको छ ।

तस्बिर:गूगल