नेबि संघको महाधिवेशनले मन्त्रीमण्डल बिस्तारमा ढिलाई

समाचार

pampha

भक्तपुर, साउन २६ । नेकपा माआबादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले केपी ओली सरकारको नेतृत्वमा आफ्नो पार्टीको सहभागिता रहेकाले सो समयमा भएका राम्रा नीति कार्यक्रमलाई वर्तमान सरकारले पूर्णता दिने बताएकी छिन् ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले ओली प्रधानमन्त्री हुँदा उनले एक्लै नीति तथा योजना र कार्यक्रम नल्याएको र माओबादीसँग छलफल गरेर ल्याएकाले राम्रो नीति तथा कार्यक्रमलाई वर्तमान सरकारले निरन्तरा दिने बताइन् ।

काँग्रेससँगको नयाँ गठबन्धनको सरकारलाई राष्ट्रिय सहमतिको सरकारको स्वरुप दिन प्रयासमा लागेता पनि वर्तमान समय सम्म असफल रहेको बताउँदै भुसालले यो सरकारले शान्ति प्रक्रियाको बिषयलाई सम्बोधन गर्ने, पुनर्निर्माणको कामलाई तिव्रता दिन, मधेश आन्दोलनलाई सम्बोधन गर्न र संविधानको कार्यान्वयन गर्दै तीन तहको निर्वाचन गर्ने सरकारको प्रमुख उद्देश्य रहेको बताइन् ।

बिगतको सरकारले मधेश आन्दोलनको नेतृत्वसँगको संवाद सकारात्मक पन देखाउन सकेको थिएन तर वर्तमानमा सरकार निर्माण अगावै तीन बुँदे सहमती गरेर प्रधानमन्त्रीको चयनमा देखिएको उपस्थितिसँगै उनीहरुले राखेका मागको सकारात्मक सम्बोधन गरेर सरकारमा सामेल गराउने तर्फ आफ्नो पार्टी र सरकार लागि परेको उनले बताइन् ।

सिमांकनको बिषय वार्ता संवादमा रहेको र यसलाई सकारात्मक रुपमा लिएर सम्बोधनको प्रयास रहेको उनको भनाई छ । नयाँ सत्ता समिकरणसँगै मन्त्रीमण्डलको बिस्तारमा कुनै पार्टीमा त्यस्तो किचलो नभएको र काँग्रेसका भातृसंगठन नेबिसंघको महाधिबेशन भएकाले मन्त्रीमण्डल बिस्तारमा ढिला भएको र छिट्टै पूर्णता पाउने भुसालले बताइन् ।