डा. बाबुराम भट्टराई: पचास थरिका सर्त राखेर दिएको दुई लाख अनुदानले घर बन्दैन

समाचार

baburam

गोरखा, साउन ३२।  गोरखाको बारपाकलाई केन्द्र बनाएर भूकम्प गएको १५ महिना हुँदा पनि पुनःनिर्माणको काम सुरु नभएकामा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले सरकार र प्राधिकरणप्रति असन्तुष्टि जनाएका छन् ।

‘गोरखा पुनःनिर्माणः सम्भावना र चुनौती’ विषयको अन्तक्र्रियामा भट्टराईले भूकम्पपीडितलाई घर बनाउने प्रयोजनका लागि रु दुई लाख रुपैयाँको सट्टा रु पाँच लाखका दरले अनुदान रकम वितरण गर्नुपर्नेमा जोड दिए ।

“पचास थरिका सर्त राखेर दिएको दुई लाख अनुदानले घर बन्दैन” सदरमुकाममा आज भएको कार्यक्रममा भट्टराईले भने, रु “पाँच लाखका दरले अनुदान दिने र न्यूनतम ब्याजमा ऋण दिने व्यवस्था गरियो भने मात्रै भूकम्पपीडितले भूकम्पप्रतिरोधी घर बनाउँछन् ।

सरकारले रु ५० हजारका दरले किस्ताबन्दीमा दिएको राहतले घर बनाउने सामग्री ढुवानी गर्न र जगखन्न पनि पुग्दैन ।” संसद्बाट अधिकारसम्पन्न प्राधिकरण बनाउन सरकारलाई भट्टराईको सुझाव छ ।

Post Comment