काठमाडौं, भदौ २३ । काठमाडौंको बलम्बुमा प्रहरी र लुटेराबिच गोली हानाहान भएको छ । बलम्बु नकिकै बौथली चोकबाट प्रहरीले पैसा राख्ने सेफसहित टाटासुमोलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीलाई देखेपछि सेफ छोडेर भागेका चार जना लुटेरा र प्रहरीबिच गोली हानाहान भएको डिआइजी कृष्ण पंगेनीले बताए ।
प्रहरीले काठमाडौंबाट रौतहट चल्ने ना १ ज ३९४८ नम्बरको टाटासुमो र सेफ नियन्त्रण्मा लिएको उनले बताए । भागेका लुटेराको खोजी भइरहेको बताए ।
सेफ कसको हो भन्ने थाहा हुन नसकेको डिआइजी पंगेनीको भनाई छ