काठमान्डौ भदौ ३१ । भारत भ्रमणमा रहनु भएको प्रधानमन्त्री पुष्पकमल दाहालले आज देखि उच्च स्तरीय राजनीतिक भेटवार्ता गर्दै हुनुहुन्छ ।दाहालले केहिवेरमा राष्ट्रपति भवनमा हुने औपचारिक स्वागत समारोहमा सहभागी हुने कार्यक्रम तय भएको छ भने दाहालले महात्मा गान्धीको समाधि स्थलमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।
त्यसै गरी विहान साढे १० बजे भारतीय विदेशमन्त्री सुष्मा स्वराजले दाहाललाई भेट्ने कार्यक्रम तय गरिएको छ भने साढे ११ बजे दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता हुने कार्यक्रम तय भएको बताईको छ ।दुई प्रधानमन्त्रीबीचको भेटपछि आजै १ बजे सम्झौतापत्रको आदानप्रदान र संयुक्त वक्तव्य सार्वजनिक गरिने जनाइएको छ ।
अपरान्ह ४ बजे प्रधानमन्त्री दाहालले भारतीय अर्थमन्त्री अरूण जेट्लीलेसँग भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ । दाहालले आजै साझ ६ बजे भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग भेटघाट गर्ने कार्यतालिका तय भएको छ । दाहाल र भारतीय राष्ट्रपतिविच दुइ देश विचको सम्बन्ध सुधारका विषयमा छलफल हुने बताइएको छ ।त्यसै गरी भोली विहान उहाँ हिमाञ्चलको एक जलविद्युत् आयोजनाको अवलोकनका लागि जानु हुने बताइएको छ । भोली ६ बजे भारतीय गृहमन्त्री राजनाथ सिंहले दाहाललाई भेट्ने कार्यक्रम रहेको छ ।