न्युयोर्क, असोज ६ । संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन न्युयोर्कमा रहनुभएका परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र सर्वियाका उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री इभिका ड्यासिकबीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ ।
भेटवार्तामा आपसी, हित र चासोका विषयमा छलफल भएको र दुई देशको सम्बन्धलाई नयाँ आधारमा अगाडि बढाउने विषयमा सहमति भएको थियो ।यस्तै, असंलग्न मुलुकहरुले साझा धारणा र एजेन्डा बनाएर अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुने विषयमा समेत कुराकानी भएको थियो ।