४ कात्तिक, काठमाडौं । दाङका एक ७२ वर्षीय वृद्धले मोटरसाइकल चढ्ने सपना पूरा गर्न २ किमि सडक निर्माण गरेका छन् ।
वृद्धले एक्लै रातदिन कुटो कोटालो गरेर राजमार्गदेखि घरसम्मको २ किमि बाटो निर्माण गरेका हुन् । दाङ तुलसीपुरका ७२ वर्षीयढ चन्द्रवीर वलीले यस्तो उदाहरणीय कार्य गरेका हुन् ।
एक वर्ष लगाउर उनले राप्ती राजमार्गको साततलेदेखि आफ्नो घरसम्म सडक खनेका आजको कारोबारदैनिकमा समाचार छ ।
पहिले देखि आफूमा घरसम्म मोटरसाइकल लैजाने सपना पूरा गर्न यो कार्य गरेको उनले बताए ।
उनका सात सन्तान दृष्टिविहीन छन् । दृष्टिविहीन सन्तानलाई घरसम्मको यात्रामा सहज हुने वलीको अपेक्षा छ ।