१६,मंसिर । संविधान संशोधनराष्ट्रघाती रहेको भन्दै प्रमुख विपक्षी दल नेकपा (एमाले)ले आजको संसद बैठक अबरुद्ध गर्ने भएको छ ।दिउँसो एक बजे बस्ने संसद बैठकमा संशोधनको विरोधमा सदन अवरुद्ध गर्ने एमालेका मुख्य सचेतक भानुभक्त ढकालले जानकारी दिनुभयो ।
‘संसदीय दलको बुधबारको निर्णय अनुसार संसदको बैठक अबरोध गर्छौं’, उहाँले भन्नुभयो, ‘सरकारले तराईबाट पहाडलाई अलग गराउने गरेर जसरी प्रस्ताव ल्याएको छ । त्यसलाई कदापि मान्न सकिँदैछ ।’
एमालेले संसद अबरोध गर्ने भएपछि सत्तारुढ दलहरू तनावमा परेका छन् । सदन अवरोध नर्ग सत्तारुढ दलहरूले एमालेसँग आग्रह पनि गरेका छन् ।
यसैवीच, संसदको आजको कार्यसूची तयारपार्न कार्यव्यवस्था समितिको बैठक बस्दैछ । बैठक मध्यान्ह १२ बजे नयाँबानेश्वरमा बस्नेछ ।