३०,मङ्सिर । नेकपा (माओवादी केन्द्र) का नेता गोपाल किराँतीले पुरानै संरचनामा गराइने स्थानीय निकायको निर्वाचन मान्य नहुने बताउनुभएको छ ।
प्रेस सेन्टर नेपाल मोरङशाखाले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पुनःसंरचना आयोगले बुझाउन लागेको नयाँ संरचनागतप्रतिवेदनको आधारमा निर्वाचन गराउन सरकार अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले नेपाली काँग्रेस, एमाले, राप्रपा र मधेस केन्द्रित दलहरु पुरानै संरचनामा स्थानीय निकायको निर्वाचन गराउन उद्यत रहेको आरोप पनि लगाउनुभयो ।
मंगलबार बालुवाटारमा बसेको प्रमुख तीन दलको बैठकमा प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुरानै संरचनामा स्थानीय निर्वाचन गर्ने सहमति गर्नुभएको थियो ।