६, पुष । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको अस्तित्व रक्षा गर्न आम नेपाली जनता एकजुट भएरजाग्नुपर्ने समय आएको बताएका छन् ।
नेपाललाई अस्थिरता र अराजकताको आगोले क्रमशः जलाई रहेको भन्दै उनले दिनानुदिन कमजोर बन्दै गइरहेको राष्ट्रिय एकता र भावनाको मर्ममाथि निर्मम प्रहारविरुद्ध सम्पूर्ण जनता एकजुट हुनुपर्ने बताए ।
‘सबै नेपालीले राष्ट्र बचाउन फेरि एकपटक इतिहासले सुम्पिएको गहन जिम्मेवारी पूरा गर्न र देशको अक्षत अस्तित्व आफ्ना सन्ततिलाई सुम्पिन मूखर र प्रखर रुपले जाग्नै परेको छ रलाग्नै परेको छ,’ संविधान संशोधनलाई दिएर दलहरुबीच ध्रुविकरण बढिरहेका बेला बुधबार साँझ विज्ञप्ति जारी पूर्वराजा ज्ञानेन्द्रले भनेका छन्– ‘हामी मरे पनि नेपाल बांचिरहोस्भन्ने संकल्पबाट नै नेपाल र नेपालीको अजेय शक्तिको रक्षा गरौं ।’
नेपालीको मनमा देशभक्तिको भावना नढलेको भन्दै पूर्वराजाले भनेका छन्– ‘समय भड्की सकेपछि पश्चातापले कुनै अर्थ राख्दैन । अहिले नै जागौं ।’‘तराई, पहाड र हिमालको एकता ताड्ने प्रयास भयो’पूर्वराजा शाहले पछिल्लो समय राष्ट्रिय एकता र भावनाको मर्ममाथि निर्मम प्रहार भइरहेको भन्दै नेपालीबीचको सामाजिक सद्भाव मेटाउने र तराई, पहाड र हिमाल माझको एकता तोड्ने प्रयास भइरहेको उल्लेख गरेका छन् ।
राष्ट्रलाई कमजोर पार्ने र राष्ट्रिय गौरव मेट्ने षड्यन्त्र भइरहेको दाबी गर्दै उनले बाहृय शक्तिको अनुचित प्रभावमा अस्थायी सत्ताहरु हावी भएको बताएका छन् ।