महतो र यादव बिच फेरि टकराब , दुबैजना मैदानमा आमनेसामने !

समाचार

२०,पुस । मधेसी मोर्चाभित्र रहेका दुई शीर्ष नेता उपेन्द्र यादव र राजेन्द्र महतोबीच फेरि शीतयुद्ध सुरु भएको छ । संविधानसंशोधन हुने अन्तिम तयारीमारहेका बेला दुई शीर्ष नेताहरूबीचको कटुता एकपटकफेरि मैदानमा आएको छ ।
व्यक्तिगत टकरावका कारण यसअघि मैदानमा खुरेलै एकअर्काप्रति हिलो छ्यापाछ्याप गर्दै आएका यादव र महतो ‘मधेस’ शब्दको बहानामा फेरि खरो आलोचनामा उत्रिएका हुन् ।अध्यक्ष यादवको निजी सचिवालयले महतोलाई ‘ठेकेदार’को संज्ञा दिएको छ ।

अध्यक्ष यादवका प्रेस सहयोगी महेश चौरसियाले सद्भावना पार्टीका अध्यक्ष महतोलाई भनेका छन्, ‘कुनै बेला विमानस्थलको ठेकेदार तपाईले मधेस पनि मेरै ठेक्का हो जस्तो गरी जनतामा भ्रम सिर्जना नगरौँ न हौं’ भनेर आलोचना गरेका छन् ।

सप्तरीमा भएको सार्वजनिक कार्यक्रममा अध्यक्ष महतोले उपेन्द्र यादवलाई ‘मधेस’सँग बद्मासी गरेको भन्दै आरोप लगाएपछि सचिवालयरिसाएको हो । यादवले आफ्नो पार्टीको नाम परिवर्तन गरेर‘मधेस’ शब्द हटाएकोप्रति महतोका आक्रमण थियो ।

उपेन्द्र यादवप्रति लक्षित गरेर महतोले ‘कसैले आफ्नो पार्टीबाट ‘मधेस’ शब्द हटाउँदैमा मधेसीको हकअधिकारको आन्दोलन रोकिँदैन’ भन्ने अभिव्यक्तिदिएका थिए ।सद्भावनाका केन्द्रीय कार्यालय सचिव राजेश चौधरीले राजेन्द्र महतोको आफ्नै राजनीतिक उचाइँ रहेकोभन्दै व्यक्तिगत गालिगलौजमा उत्रन नहुने बताए । ‘उपेन्द्र यादवजीको आफ्नै उचाइँ छ ।
राजेन्द्र महतोजी मधेसीमा लोकप्रिय नेताका रुपमा पहिचान बनाउनुभएको छ’, उनले भने, ‘महतोजीको लोकप्रियता देखेर केही नेतार दलहरूको टाउको दुःखाइ भएको छ ।’

Post Comment