सरकार ढल्ने चर्चाका बिच राष्ट्रपतिले देउवा र ओलिलाई बोलाएर छलफल गरिन्

समाचार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान कार्यान्वयनमा गम्भीर हुन प्रमुख दलका शीर्ष नेतालाई सचेत गराएकी छन् ।

बुधबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई शीतलनिवास बोलाएर राष्ट्रपति भण्डारीले आगामी ७ भित्र ३ वटै तहको चुनाव गराइसक्न सचेत गराएकी छन् ।

चुनाव हुन नसकेमा संवैधानिक र राजनीतिक संकट आइपर्ने उल्लेख गर्दै राष्ट्रपतिले समयमै चुनावको मिति घोषणा गर्नुपर्नेतर्फ सजग गराएकी हुन् ।

संविधानको पालक, संरक्षकसमेत रहेकी राष्ट्रपति भण्डारीले यसको कार्यान्वयन गराउनका लागि मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरी चुनाव गराउने सरकारी तयारीबारे जानकारी लिएकी थिइन् । निर्वाचनको तयारी तीव्र पार्न निर्देशन दिएकी थिइन् ।

Post Comment