काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनको मिति घोषणा भैसकेकोले अब निर्वाचनबाट कुनैपनि हालतमा ब्याक हुन नसक्ने अडान लिएका छन्।
बुधबार विहान प्रमुख तीन दलको बैठकमा प्रधानमन्त्री दाहालले यस्तो अडान दोहोर्याएका हुन्। बैठकमा उनको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘निर्वाचनबाट कुनैपनि हालतमा ब्याक हुने कुरै छैन, बरु म सरकार छोड्छु तर निर्वाचन हुन्छ, यसमा कसैले शंका गर्नुहुँदैन्।’
सोमबार सप्तरीमा भएको घट्नापछि छलफल गर्न बसेको तीन दलको बैठकमा प्रधानमन्त्री दाहालले यस्तो प्रतिबद्धता व्यक्त गरेपछि विपक्षी दलपनि खुशी भएको एक नेताले जानकारी दिए।
उक्त भेटमा एमाले नेताहरुले सप्तरी घटनाको छानविन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्। साथै उनीहरुले वैशाख ३१ का लागि घोषित चुनाव सार्न वा स्थगित गर्न नपाउने बताएका छन् ।
बैठकमा एमाले उपाध्यक्ष वामदेव गौतम कडा रुपमा प्रस्तुत भएका थिए। उनले पार्टीको उक्त अभियान २७ गतेबाट नै सूचारु हुने जनाए। उनले सप्तरी घट्नाबारे काँग्रेस किन मौन भन्दै बैठकमा उपस्थित् काँग्रेस सभापति शेरबहादुर दृेउवा र गृहमन्त्री विमलेन्द्र निधिलाई प्रश्न तेर्साएका थिए। तर नेता गौतमले यस्तो प्रश्न गर्दापनि सभापति देउवा र मन्त्री निधिले कुनै प्रतिक्रिया नदिएको स्रोतको दाबी छ।