भारतीय जनता पार्टीका महासचिव राम माधवले भारतले नेपालमा सँधै शान्ति, स्थायित्व र विकास चाहेको स्पष्ट पारेका छन्।
भाजपा महासचिव उनले भने,‘नेपाल–भारत सम्बन्ध अत्यन्तै समुधर र प्रगाढ छ, पछिल्लो समय द्धिपक्षीय सम्बन्ध त झनै राम्रो भएको छ।’
महासचिव माधवले नेपालमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेसँगै नेपाल–भारत द्धिपक्षीय सम्बन्ध अझै सुमधुर बनेको विश्वास व्यक्त गरे। त्यस्तै उनले नेपालको आन्तरिक मामिलामा भारतको कुनै किसिमको चासो नरहेको समेत जिकिर गरे। उनले भने,‘नेपालको आन्तरिक मामिलामा हाम्रो कुनै चासो छैन, हामी त केवल द्धिपक्षीय सम्बन्ध सुमधुर बनोस् भन्ने चाहन्छौं, आगामी दिनमा सम्बन्ध झनै प्रगाढ होस् भन्ने चाहन्छौं।’
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नेपालको विकासमा विशेष चासो दिएको जनाए। उनले थपे,‘हाम्रो प्रधानमन्त्री मोदीजी नेपालको विकासप्रति चिन्तित हुनुहुन्छ, उहाँले नेपाललाई विशेष प्राथमिकता दिनुभएको छ, यसपटक नेपाललाई बजेटपनि बढाईएको छ।’
त्यस्तै मोदीले नेपालमा राजनीतिक स्थायित्व र विकास होस भनेर चाहेको समेत उनले जानकारी दिए। उनले अघि थपे,‘नेपालमा हुन गैरहेको चुनावमा हाम्रो कुनै विरोध छैन, र संविधान संशोधनपनि नेपालको आन्तरिक मामिला हो।’ उनले भारतले सँधै नेपालका दलहरु मिलेर नै अघि बढुन् भन्ने चाहेको स्पष्ट पारे।
पछिल्ला समय नेपाल–भारतवीच द्धिपक्षीय उच्चस्तरीय भ्रमणहरु समेत भैरहेकोले दुई देशवीचको सम्बन्धलाई कसैले चाहेरपनि बिर्गान नसक्ने ठोकुवा गरे।