मुग्लिनमा पहिरो: दर्जन गाडि पुरिए,२ जनाको मृत्यु

मुग्लिनमा पहिरो: दर्जन गाडि पुरिए,२ जनाको मृत्यु
समाचार

नारायणगढ—मुग्लिन सडकमा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । पहिरोमा आधा दर्जनबढी सवारी साधन पुरिएका छन् ।

मुग्लिन सडकअन्तर्गत चितवनमा पर्ने कविलास भन्ने ठाउँमा सडक माथिबाट सुख्खा पहिरो खस्दा सवारी साधनसँगै पुरिएर गम्भीर घाईते भएका दुई जनाको उपचारका लागि भरतपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको सनाखत हुन सकेको छैन् ।

बिहान १०ः४० बजेको समयमा खसेको सुख्खा पहिरोले सडकमा गुडिरहेका सवारी साधनलाई पुरेको चितवन प्रहरी प्रमुख एसपी दिपक थापाले जानकारी दिए ।

उनका अनुसार पहिरोमा पाँच वटा मोटरसाइकल, एउटा ट्रक, एउटा ट्याङ्कर, एउटा कार, एउटा टाटामोबाइल गाडीसहित ९ वटा सवारी साधन पुरिएका छन् ।

पुरिएकाहरुको उद्वारको लागि तीनवटै सुरक्षा निकाय तथा स्थानीयहरुलाई परिचालन गरिएको छ । उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीको भनाई छ ।

Post Comment