भरतपुरमा यसै हप्ता चुनाव हुने

भरतपुरमा यसै हप्ता चुनाव हुने
समाचार

भरतपुर महानगरपालिका वडा नम्बर १९ को चुनाव यसै हप्ता हुने भएको छ ।

यही साउन १९ गते बिहीबार गर्ने गरी निर्वाचन आयोगले तयारी सुरु गरेको हो । निर्वाचन आयोग स्रोतका अनुसार, यस सम्बन्धमा छलफल गर्न आयोगले सोमबार पदाधिकारीको बैठक बोलाएको छ । बैठकले नयाँ मितिको विषयमा निर्णय लिनेछ ।

‘हामी अनौपचारिक छलफलमा आजबाटै जुटिसकेका छौँ, सोमबारको बैठकबाट निर्णय गर्छौँ, सम्भवतः साउन १९ गते बिहीबार नै पुनः मतदान हुन्छ ।’- आयोग स्रोतले भन्यो ।

भरतपुर १९ मा पुनः मतदान गर्ने आफ्नो निर्णयलाई सर्वोच्च अदालतले सदर गरेपछि निर्वाचन आयोग चुनावको तयारीमा जुटेको हो ।

Post Comment